गिरिजाको जन्मजयन्तीको अवसरमा कांग्रेसले फोटो प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा बहस र फोटो प्रदर्शनी गर्ने भएको छ ।

मंगलबार फोटो प्रदर्शनी र  कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार हुने प्रचार विभागकका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा १५१ भन्दा बढी फोटो २००७ सालदेखि २०६४ सालसम्मका इतिहासले समेट्ने सबै फोटो गिरीजाबाबुसँग सम्बन्धित फोटा राखिनेछ ।

अन्तरक्रिया कार्यक्रममा कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहससमेत हुने भएको छ । ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली वक्ताका रूपमा रहने छन् । उक्त बहसको सहजीकरण राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले गर्नेछन् ।

बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ । उक्त बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन् । समुन्नतिको दोस्रो जग विषयक बहसको सहजीकरण अर्थविद् विश्व पौडेलले गर्नेछन् ।

प्रतिक्रिया