रोहित शर्माले भारतलाई टी २० विश्वकप जिताएर लिए सन्यास

काठमाडाैँ । टी २० विश्वकपको उपाधि उचालेसँगै भारतीय टोलीका कप्तान रोहित शर्मा टी २० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

खेलपछि पत्रकार सम्मेलनमा  शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी २० विश्वकपको फाइनल खेल आफ्नो टी २० अन्तर्राष्ट्रिय करिअरको अन्तिम भएको बताएका हुन्।

रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो, मलाई हरेक पल मन पर्यो, म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’

यद्यपि, कप्तान शर्माले भारतको टेस्ट र एक दिवसीय क्रिकेट खेल्न जारी राख्ने छन् । केहि समय अघि विराट कोहलीले पनि टी २० अन्तर्राष्ट्रिय क्रिकेट फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए ।

रोहितको नेतृत्वमा भारतले १७ वर्षपछि टी २० विश्वकप जित्न सफल भएको हो । यसअघि भारतले टी २० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो ।

टी २० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार