काठमाडौं । कन्चनपुरबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेका छन् ।
शुक्रबार उनी पक्राउ परेसँगै नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु पनि तानिने सम्भावना बढेको छ । झाको सम्बन्ध नेपाली कांग्रेसका शेरबहादुर देउवा, र उनकी पत्नी आरजु राणासँग पनि जोडिएको खुलेको छ ।
झा पक्राउ परेसँगै यस प्रकरणमाथि छानबिन गर्न दोस्रो चरणको अनुसन्धान खुल्ने सम्भावना बढेको छ ।
गृहमन्त्री रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई अनुसन्धानमा तान्न खोजिरहेको आँकलन गरिएको छ।
आरजुसँगै कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि अनुसन्धानमा तानिने सम्भावना बढेको छ । प्रहरीले हिजो मात्रै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बालका छोरा प्रतीकलाई पनि पक्राउ गरेको छ ।





प्रतिक्रिया