नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा समानान्तर नेतृत्व घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा समानान्तर नेतृत्व घोषणा भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व घोषणा गरेका हुन् ।

अध्यक्ष नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेल संयोजक र फुर्वा तामाङ सह–संयोजक रहेको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

तर पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनाल पक्षधर नेताहरुले भने शनिबार गुट भेला गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । खनाल निकट रहेका संयोजक विश्वकर्माले शुक्रबार नै विज्ञप्ति जारी गरेर समानान्तर भेला नगर्न चेतावनी दिएका थिए ।

प्रतिक्रिया