काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा संविधान जागाउने हो र टिकाउने हो भने अहिलेको संघीयता जस्ताको तस्तै बोक्न नहुने बताएका हुन् ।
प्रदेशका साथै निर्वाचन प्रणालीकाबारेमा पनि केही संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘‘हाम्रो केही जिम्मेवारी छ । संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन,’ उनले भने, ‘चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन । यसलाई टिकाउन केही कुरामा बदलाब ल्याउनुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ ।’



प्रतिक्रिया