सहकारीको न्यूज रोक्ने असफल प्रयासपछि रविले बुबालाई पक्रिए : सम्भव सिरोहिया (कान्तिपुर निर्देशक) भिडियोसहित

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेमाथि कान्तिपुर दैनिकमा आफू विरुद्धको समाचार रोक्ने असफल प्रयास गरेको आरोप लगाएका छन् ।
साथै, उनले कान्तिपुरले समाचार रोक्न नमानेपछि मिडिया ग्रुपका सीईओ कैलाश सिरोहियालाई पक्राउ गरिएको दाबी उनले गरेका छन् ।

कैलाश सिरोहियाले नागरिकतामा किर्ते गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई कान्तिपुर दैनिककै कार्यालयबाट गत जेठ ८ गते पक्राउ गरेको थियो । ९ दिन हिरासतमा बसेपछि उनी गत १६ जेठमा हाजिर जमानीमा छुटेका थिए ।

प्रतिक्रिया