शीर्ष नेताको बैठकले संसदीय समितिको कार्यादेशबारे निष्कर्ष निकाल्ने

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशबारे शीर्ष तीन नेताबीच छलफल हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग दिउँसो तीन बजे छलफल हुन लागेको हो ।

टिओआर टुंग्याउन अहिले बालुवाटारमा बसेको बैठकमा कुनै सहमति जुट्न सकेन। बालुवाटारमा सहमति नजुटेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। भने सत्तापक्ष पनि आन्तरिक छलफलमा जुटेको छ।

प्रतिक्रिया