सिरोहिया अस्पताल भर्ना

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उनलाई गयराति १० बजे अस्पताल पुर्‍याइएको बताइएको थियो ।

शुक्रबारमात्रै दोस्रोपटक जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई गत मंगलबार काठमाडौंस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया