दुई वटा पासपोर्ट भएका गृहमन्त्री लामिछानेले पनि उन्मुक्ति पाउनुहुँदैन : नेता शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईवटा पासपोर्ट भएका गृहमन्त्री रवि लामिछानेले पनि कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् ।

नगरिकता विवादमा कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेर धनुषामा अनुसन्धान चलिरहेका बेला विराटनगरमा बिहीकार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा यस्तो बताएका हुन् ।

नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने ? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्,’ कोइरालाले प्रश्‍न गरे ।

प्रतिक्रिया