काठमाडौं । नेपाल आइडल विजेता रवि ओड प्रहरीको शरण परेका छन् ।
वैवाहिक बलात्कारसम्बन्धी मुद्दा परेपछि उनले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित आत्मसमपर्ण गरेका हुन् ।
वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले ओडविरूद्ध गत २० चैतमा उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।
प्रहरीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया