काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ ।
बुधबार बसेको कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको उपसभापति धनराज गुरुङले यस्तो जानकारी दिएका हुन् ।
‘संसद अधिवेशन सरकार चलाउने गरी आउँछ कि आउँदैन । त्यो सरकारको हातमा छ’, गुरुङले भने,‘लाखौं लाख जनता ठगिएको प्रकरण हो । २र४ जना ठगिएको विषय होइन यो । संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नेमा हाम्रो अडान यथावत् छ ।’
सरकारले २८ वैशाखदेखि संसदको बजेट अधिवेशन बोलाएको छ ।






प्रतिक्रिया