काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणमा हेलिकोप्टरको प्रयोग गर्न प्रस्ताव गरेका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री रवि लामिछानेले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले भने ‘अरू देशमा आगलागी, डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट आगो निभाउने कार्य भएको हामी देखिराखेका छौं । हाम्रोमा पनि त्यो उपकरणको व्यवस्था भइदिए हुन्थ्यो भन्ने मन्त्रालयको अपेक्षा छ । माननीय गृहमन्त्रीज्यूले मन्त्रिपरिषद्मा पनि त्यो कुरा गरिसक्नुभएको छ ।’
शुक्रबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा विपद् व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो ।




प्रतिक्रिया