काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले कर्मचारी माग गरेको छ ।
केन्द्रले कार्यकारी निर्देशक पद खुल्ला प्रतियोगिताबाट पूर्ति गर्ने प्रक्रिया सुरु गरेको हो ।
शहरी विकास मन्त्रालयद्वारा जारी सूचनामा केन्द्रको कार्यकारी निर्देशक बन्न इच्छुक नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सकिने उल्लेख छ ।
इन्जिनियरिङ, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमध्ये कुनै एक विषयमा मान्यताप्रप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएकाहरुले आवेदन दिन सकिने सो सूचनामा उल्लेख छ ।
निर्देशिकाको दफा ३ मा इन्जिनियरिङ, प्रशासन, व्यवस्थापन, अर्थशास्त्र वा कानुनमध्ये कुनै एक विषयमा मान्यताप्रप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको शैक्षिक योग्यता तोकिएको छ ।







प्रतिक्रिया