आज सुदूपश्चिममा बिसु पर्व मनाइँदै, यस्तो छ, पर्व मनाउनुको कारण

काठमाडैं । आज सुदूरपश्चिम प्रदेशमा बिसु पर्व सिस्नो खेलेर मनाइँदैछ ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेका दिन सुदूरपश्चिमबासीमा सिस्नु खेलेर बिसु पर्व मनाउने परम्पराअनुसार सो पर्व मनाइएको हो ।

बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि गाउँबस्तिमा रौनकता छाएको छ । बिसु पर्वमा मिठामिठा खानाका परिकार खाने र सिस्नो लगाउने गरिन्छ ।

वैशाख सुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहेको संस्कृतिबिद बताउँछन् ।

१ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै विष लागेको भए त्यसबाट मुक्त भइने र नयाँ वर्षमा जुनसुकै बिशालु जीवहरुबाट बाचिन्छ भन्ने धार्मिक विश्वास छ ।

यस्तो छ, कारण
यो पर्व खासगरी देवर भाउजू नन्द भाउजू, साली भिनाजु, फुपु सालीहरुका बीचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने गरिन्छ ।

यस दिन सुदूरका बिभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा जंगली जनावरहरुबाट हुने आक्रमणबाट बच्ने बिश्वास रहेको छ ।

प्रतिक्रिया