इलाम क्षेत्र नम्बर २को उपनिर्वाचनका लागि सुहाडसहित ६ जनाको नाम सिफारिस

काठमाडौं । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

सो क्षेत्रका प्रतिनिधि सुवास नेम्वाडको निधनपछि खाली भएको सो निर्वाचन क्षेत्रका लागि मंगलबार बसेको प्रदेश कमिटी बैठकले सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जिल्लाबाट आएका आकांक्षीहरु मध्येबाट ६ जनाको नाम केन्द्रमा पठाउने निर्णय भएको बताए ।

उनका अनुसार सोही क्षेत्रबाट निर्वाचित स्वर्गीय नेता नेम्वाङका छोरा सुहाङ, एमाले नेता बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाललगायत छन् ।

प्रतिक्रिया