काठमाडौं । गत आइतबार सर्वोच्च अदालतको हाताभित्रै आत्महत्या प्रयास गरेकी आरती रावलले दायर गरेको मुद्दाको पेसी तोकिएको छ ।
केही समयअघि उनले श्रीमान्ले आफूलाई वैवाहिक बलात्कार गरेको आरोपसहित न्यायाधीश भुवन गिरीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । लामो समययता न्यायका लागि संघर्षरत उनले गत आइतबार सर्वोच्च अदालतभित्रै पसेर आत्मदाह प्रयास गरेकी थिइन् । तर, प्रहरीले उनलाई बचाएको थियो ।
आरतीले श्रीमान्विरुद्ध दिएको बलात्कारको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । जिल्ला र उच्चको आदेशविरुद्ध आरतीले सर्वोच्चमा गरेको पुनरावेदनमा भोलि पेसी तोकिएको छ ।







प्रतिक्रिया