कांग्रेसको केन्द्रीय महाधिवेशन केही दिन सार्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन केही दिन सार्ने तयारी गरेको छ ।

अविरल वर्षाका कारण सिर्जित विपद्‌का कारण केही जिल्लामा अधिवेशन बाँकी नै रहेका कारण महाधिवेशन केही दिन सर्नसक्ने उपसभापति पुष्पा भुसालले बताइन् ।

”भोलि बैठक बोलाइएको छ । यही विषयमा निर्णयका लागि हुनसक्छ । जिल्ला अधिवेशनहरु पनि बाँकी नै रहेकाले केन्द्रीय महाधिवेशन केही दिन पर सर्नसक्छ,” उनले बाह्रखरीसँग भनिन् ।

कांग्रेस १५ औँ महाधिवेशन असोज १६-१९ गतेका लागि तय भएको थियो। यसलाई कति दिन पर लैजाने भन्ने विषयमा मंगलबार बिहान बैठक बोलाइएको छ । तीन दिनदेखि एकसातासम्म महाधिवेशन सर्नसक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार