काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२.५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
पक्राउ परेका शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका थिए । आइतबार (असोज ११) राति उनी अस्वाभाविक रूपमा हिँड्डुल गरिरहेको देखिएपछि शंका लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति प्रहरी वृत्त गौशाला पठाइएको प्रवक्ता सिलवालले बताए ।






प्रतिक्रिया