काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग उत्पन्न विवादका कारण उनलाई सो पदबाट हटाइएको हो ।
भन्सार पास भएर आएको भारतीय गाडी समातेको विषयमा कैलालीका सशस्त्र प्रहरी प्रमुख केसीलाई भन्सार कार्यालयका अधिकृत भट्टले थर्काएका थिए।
सशस्त्रले रोकेको गाडी तत्काल नछोडेको खण्डमा उनले गृहमन्त्रीदेखि आइजीपीसम्मलाई ‘फोन लगाउने’ भन्दै धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।




प्रतिक्रिया