बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना : नारायण दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहका क्रममा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गरे ।

उनले करिव १४ सय वर्षअघि चिनियाँ बौद्ध भीक्षु ह्वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागबीच सम्पर्क स्थापित गरेको प्रसंगलाई आजको समयमा सडक सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गरे ।

उनले बीआरआईलगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार