काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले अपराह्न चार बजे सो बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकले राजदूतहरु नियुक्ति सिफारिस गर्ने बनाइएको छ ।
करियर डिप्लोमेट (कर्मचारी)बाहेक खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने राजदूतहरुको आज क्याविनेटले सिफारिस हुनेछ ।
राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाअनुसार ‘राजदूत नियुक्ति गर्दा कुल राजदूत पदको ५० प्रतिशतमा नघट्ने गरी परराष्ट्र सेवाका राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीका बहालवाला अधिकृतमध्येबाट मन्त्रालयको सिफारिसलाई ध्यानमा राखी मन्त्रिपरिषद्ले निर्णय गर्ने’ भनिएको छ ।
हाल २१ राजदूतावासमा राजदूत पद रिक्त छ । खुला प्रतिस्पर्धाका आधारमा १३ र परराष्ट्र मन्त्रालयका सहसचिवहरूमध्येबाट आठ देशमा राजदूत सिफारिस गर्ने तयारी छ । मन्त्रिपरिषद्ले राजदूत नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइ हुन्छ । सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया