काठमाडौं । शिक्षक महासंघ र सरकारबीच सहमति भए पनि राहत शिक्षकहरूले आन्दोलन जारी राखेका छन्।
सरकार र शिक्षक महासंघबीच भएको सहमतिले राहत शिक्षकका मागको सम्बोधन नगरेको भन्दै उनीहरुले आफ्नो आन्दोलन जारी राखेका हुन् । यतिखेर उनीहरुको आन्दोलन काठमाडौंको बानेश्वरमा प्रदर्शनमा जारी छ ।
राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको भन्दै प्रदर्शन शिक्षकहरू प्रदर्शनमा छन्।
शुक्रबार सरकारले शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेको थियो।
यो सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधन नभएको बताएका थिए । शिक्षक महासंघले सबै जिल्लाबाट शिक्षकहरूलाई काठमाडौंमा उतारेर राहत शिक्षकहरूका माग सम्बोधन नगरेकोमा गुनासो समेत गरेका छन्।


प्रतिक्रिया