त्रिवि शिक्षण अस्पताल परिसरभित्र एटीएम सेवा सुरुवात

काठमाडौं । नेपाल बैंकले दसैँको अवसरमा त्रिवि शिक्षण अस्पताल परिसरभित्र नयाँ एटीएम सेवा विधिवत रूपमा सञ्चालनमा ल्याएको छ ।

बिहीबार एक कार्यक्रमबीच अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोसियारा र नेपाल बैंक महाराजगन्ज शाखाका शाखा प्रबन्धक महेशराज जोशीले नयाँ एटीएम मेसिनको उद्घाटन गरेका हुन् । सेवाग्राहीहरूले नयाँ मेसिनबाट सेवा पाउन थालिसकेका छन् ।

बैंकले ९०औँ वर्ष प्रवेश गर्दै गर्दा हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको बताइएको छ ।

यसैक्रममा पछिल्लो पटक त्रिवि शिक्षण अस्पताल परिसरभित्र एटीम सेवा विस्तार गरेको महाराजगन्ज शाखाका शाखा प्रबन्धक जोशीले जानकारी दिए ।

अस्पतालका सहायक सूचना अधिकारी रोसियाराले पनि एटीएम सेवा सुरु गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए ।

प्रतिक्रिया