राति मालबहाक ट्रक घरभित्र पसेपछि…..

काठमाडौं । काठमाडौंको सतुंगलमा बिहीबार राति मालवाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार वाग्मती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको ट्रक राति करिब ९:१५ बजे अनियन्त्रित भई घरभित्र पसेको थियो ।

दुर्घटनामा तीनवटा पसल र वाग्मती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ । घटनामा मानवीय क्षति नभए पनि एक जना सामान्य घाइते भएका छन् ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार