नेपाल राष्ट्र बैंकले दक्षिणा दिँदा नोटमा अबिर, रङ वा दूध–पानी नपर्ने गरी सावधानी अपनाउन आग्रह गरेको छ ।
नोट नच्यात्न, नकच्याककुचुक पार्न, नमोड्न तथा सफा, सुक्खा र सुरक्षित स्थानमा राख्न पनि राष्ट्र बैंकले भनेको छ ।
पूजापाठ वा मन्दिरमा नोटमा सोझै अबिर वा रङ नछर्की दानपेटिकामा रकम राख्ने वा रसिद लिएर चन्दा दिने बानी बसाल्न आग्रह गरिएको छ ।
दसैँमा टीका–जमरा लगाएपछि दक्षिणा दिने चलनका कारण नयाँ नोटको प्रयोग अझ बढी हुन्छ । यही मागलाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँसम्म ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको छ । तर, दक्षिणा दिँदा अबिर, रङ, दूध वा पानी नोटमा पर्ने, नोट कच्याककुचुक पार्ने र जथाभावी राख्ने क्रम पनि यही समयमा बढ्ने गर्छ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २२ को दफा २६३ (२) अनुसार, बैंक नोटमा लेख्न वा कोर्न पाइँदैन । यस्तो कसुर गरेमा उपदफा (३) बमोजिम तीन महिनासम्म कैद, पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।

प्रतिक्रिया