मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मौलापुर नगरपालिका–२, मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

आइतबार बिहान मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीनजना सवार रहेका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शीतलपुर बस्ने ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी आमा करिब ७० वर्षीया सोमरियादेवी ठाकुर र बुहारी करिब २८ वर्षीया सीमाकुमारी ठाकुर घाइते भएका थिए ।

घाइते तीनैजनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रालि अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान ५ बजे सोमरियादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया