काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको ‘सेफ’ तोडफोड गरी पैसा चोरेको आरोपमा २९ जना पक्राउ परेका छन् । धादिङ प्रहरीले उनीहरूका साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको छ ।
बाढीले बगाई ल्याएको पैसा राख्ने सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा स्थानीयले भेटेका थिए । स्थानीयले उक्त सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकाली चोरी गरेको सूचनाका आधारमा उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।
त्यसपछि प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिई उनीहरूका साथबाट उक्त रकम बरामद गरिएको धादिङ प्रहरीका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया