चिनियाँ प्रधानमन्त्री चीनको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । चिनियाँ दूतावासका अनुसार आज चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् ।
सो बाढी क्षेत्रमा करिब १०० चिनियाँ नागरिक बेपत्ता भएको चिनियाँ दुतावासले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन्।
चीनतर्फ भने बिहीबार बिहान ८ बजेसम्म ३ जनाको मृत्यु भएको, ५५८ जना बेपत्ता रहेको र २ जना स्थानीय गाउँलेको उद्धार गरिएको थियो ।
चीनले बाढी प्रभावित क्षेत्रमा उद्धारका काम तीव्र बनाएको छ ।


प्रतिक्रिया