नेपालमै पहिलोपटक डिभिजन वन कार्यालय अर्घाखाँचीले बदेल, रातो मृग र चित्तलको सिकारका लागि जिल्ला सिकार अनुज्ञापत्र वितरण गर्ने भएको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट भदौ १० गतेभित्र आवेदन माग गरेको हो।
कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार जिल्लामा बदेलको संख्या बढेर कृषकका बालीमा क्षति हुन थालेपछि कानुनले दिएको अधिकार प्रयोग गरी सिकार अनुमति दिन लागिएको हो। रातो मृग र चित्तलका लागि पनि अनुज्ञापत्र जारी गरिनेछ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार अनुज्ञापत्रबिना वन्यजन्तुको सिकार गर्न पाइने छैन। अनुज्ञापत्रका लागि ७ हजार रुपैयाँ र दुई वटा बदेल सिकारका लागि थप १० हजार रुपैयाँ राजस्व बुझाउनुपर्नेछ।
नियमअनुसार तोकिएको संख्याभन्दा बढी सिकार गर्न पाइने छैन भने एक व्यक्तिले वर्षमा एकपटक मात्रै जिल्ला सिकार अनुज्ञापत्र लिन पाउनेछ।


प्रतिक्रिया