कांग्रेस विवाद : पार्टी कार्यालयमै बसेर विवाद मिलाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको समस्याको समाधान पार्टी कार्यालयकै कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन् ।

शनिबार कांग्रेसले आयोजना गरेको ग्रीन रनको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका मतभेदको समाधान अदालतको ढोकाबाट भन्दा पनि पार्टी कार्यालयको कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका हुन् ।

विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको र असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री लगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने सबै नेता–कार्यकर्ताका लागि ढोका खुला रहेको उनले बताए ।

उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने, र चुनाव जित्ने/हार्नेमा मात्र सीमित हुन नहुने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार