गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंको शान्तिबाटीमा प्रदर्शन

काठमाडौं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंको शान्तिबाटीमा प्रदर्शन गरेको छ ।

उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै स्वतन्त्र आमा नेपाल नामक संस्थाको अगुवाईमा शनिबार प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्या जस्ता जघन्य अपराधबिरुद्ध कडा कानुन लागू गर्न माग गरेका छन् ।

उनीहरुले वलत्कारी र हत्यारालाई कडा कानूनी कारवाही गर, पीडितलाई न्याय दे लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दैै नारावाजी गरेका थिए ।

बारा जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको खुलेपछि देशव्यापी विरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार