काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका १५ प्रमुख कमजोरी सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा असफल भएको आरोप लगाएको छ।
पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको अभावबाट ग्रसित रहेको दाबी गर्दै समस्या समाधान गर्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाए।
उनले सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेकाले प्रतिपक्ष मौन बस्न नसक्ने बताए। सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सुशासनप्रतिको कमजोरी तत्काल सच्याउनुपर्ने कांग्रेसको माग छ।
कांग्रेसले सरकारले नारा र राजनीतिक स्टण्टभन्दा परिणाममुखी काम, पारदर्शिता र जवाफदेहितामार्फत जनविश्वास पुनः स्थापित गर्नुपर्ने भन्दै अन्यथा इतिहासले असफल सरकारका रूपमा मूल्यांकन गर्ने चेतावनी दिएको छ।



प्रतिक्रिया