अनसनरत नर्स ज्योति र सरकारबीच १९ बुँदे सहमति

काठमाडौं । स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राखी विगत साउन १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबिच गएराति १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटने आफ्ना सम्पूर्ण अनसनका कार्यक्रमहरू अन्त्य गरेकी छिन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, ब. मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझा र कानुन अधिकृत जय प्रसाद सुबेदी तथा अभियन्ता रानाभाटबिच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
​सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गरिनेछ।

प्रतिक्रिया