किशोरीको डिम्ब भारतमा बेचबिखन

काठमाडौं । नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा युवतीलाई भारत लगेर अवैध रूपमा डिम्ब दान गराउने गिरोह सक्रिय रहेको तथ्य सार्वजनिक भएसँगै मानव बेचबिखनको नयाँ स्वरूपबारे चिन्ता बढेको छ ।

भारतीय अखबार दैनिक भास्करले कैलाली र कञ्चनपुरमा गरेको अनुसन्धान तथा नेपालका मानव अधिकार र मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरूको तथ्यांकले यस्तो गतिविधि भइरहेको संकेत गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले यो नयाँ प्रकृतिको मानव बेचबिखनलाई पुष्टि गरे पनि स्पष्ट कानुनको अभावमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया