उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट सन्देश दिएको छ । देशका नेता किम जोङ उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा आफ्नो स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन् । सर्वोच्च जनसभामा नीतिगत सम्बोधन गर्दै किमले शत्रु शक्तिविरुद्धको सङ्घर्षलाई अझ आक्रामक बनाउने बताए । उनले संविधानले दिएको जिम्मेवारीअनुसार आत्मरक्षात्मक आणविक प्रतिरोधलाई अझ विस्तार र सुदृढ बनाइने स्पष्ट पारे ।
उनका अनुसार उत्तर कोरिया अब आणविक शक्ति त्याग्ने दिशामा कहिल्यै जानेछैन । किमले अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीलाई ‘राज्य आतङ्कवाद’ को उदाहरणका रूपमा उल्लेख गर्दै विश्वव्यापी रूपमा शक्ति प्रदर्शन गर्ने प्रवृत्तिको आलोचना गरे । संयुक्त राज्य अमेरिका र इजरायलले भने इरानमाथिको आक्रमण आणविक हतियार विकास रोक्नका लागि भएको दाबी गर्दै आएका छन्, तर तेहरानले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।





प्रतिक्रिया