सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो ।
अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना भएका टोलीबाट बन्नेछन् ।
२०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुँदै संगठनको सर्वोच्च कमान्डर बनेका थिए । तर, उनी सशस्त्र प्रहरी बलको ३० वर्षे सेवा अवधि दुई वर्ष बाँकी रहँदै अवकाशमा जान लागेका हुन् ।
अर्यालको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी २८ वर्ष सेवा अवधि पुगेको छ । उनीसँगै नेपाल प्रहरीमा भर्ना भएका ब्याचमेट दानबहादुर कार्की गत कात्तिकमा मात्रै आईजीपी बनेका थिए ।



प्रतिक्रिया