काठमाडौं । नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले एमालेको झन्डा जलाउनेलाई कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलको क्षेत्र दाङमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको झन्डा जलाएपछि एमालेको भातृसंगठन नेशनल भोलेिन्टयर्सले एक विज्ञप्ति निकाल्दै यस्तो चेतावनी दिएको हो ।
फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार वक्तव्य जारी गर्दै झण्डा जलाउने,उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भनेका छन् ।





प्रतिक्रिया