काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले तोकिएकै मिति फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने बताएकी छन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधनका क्रममा उनले यस्तो जानकारी दिएकी हुन् ।
सो क्रममा उनले सबैलाई उत्साहका साथ सहभागी निर्वाचनमा सहभागी हुन पनि आह्वान गरेकी छन् । साथै जेनजी पुस्तालाई निर्वाचनमा सहभागी गराउनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सरकारले अध्यादेश जारी गरिसकेको बताइन् ।
“युवापुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन सबै नेपाली दिदीबहिनी दाजुभाइलाई आह्वान गर्न चाहन्छु,” उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्धलाई सक्रिय सहभागिताका लागि आह्वान पनि गरिन् ।







प्रतिक्रिया