काठमाडौं । नेपाल समाजावदी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद छाडेका नेता डा. बाबुराम भट्टराईले आफू आन्दोलनबाट अलग नभएको बताएका छन् ।
बिहीबार (असोज ९) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ‘नाति पुस्ता’ले ढोका ढकढक्याइसकेकाले आफूले अध्यक्ष पद त्यागेको स्पष्ट पारे ।
“म कुनै आन्दोलनबाट अलग भएको होइन । नयाँ शक्ति वैकल्पिक राजनीतिक अभियान, देशलाई कुनै विकल्प निर्माण गर्ने अभियानमा हिजो पनि थिएँ । आज पनि छु । निरन्तर रहनेछु,” उनले भने ।
उनले अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताए । “नैतिक हिसाबले पनि नवयुवाले ढोका ढकढक्याइसके । नाति, नातिनी पुस्ता अघि आइसके । अब उनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । उनीहरूले नै देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता राख्छु,” उनले भने ।





प्रतिक्रिया