काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको विषयलाई लिएर माओवादीभित्र दुई लाइन देखिएको छ । फागुन २१ को निर्वाचनमा भाग लिने विषयमा भने माओवादी नेताहरु एक मत देखिएका छन् ।
पार्टीका अधिकांश नेताहरुले संसद विघटनप्रति असहमति जनाइरहेका बेला माओवादी नेता हरिबोल गजुरेल भने प्रतिनिधिसभा विघटन गर्नु तत्कालीन परिवेशमा उचित कदम भएको बताएका छन् ।
गजुरेल तत्कालीन परिस्थितिमा राष्ट्रपतिले संसद् विघटन गर्नुको विकल्प नरहेको बताउँछन् । उनी बाध्यात्मक अवस्थामा अन्तरिम सरकार गठन हुनु ठिक भएको छन् ।
आगामी दिन पार्टीहरुले आफ्ना कमी कमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने जेन–जी आन्दोलनले सन्देश दिएको गजुरेलको भनाइ छ । उनी अब पार्टीमा युवाको उपस्थिति बढाउनुपर्ने बताउँदै उनी सबै दल र आफ्नो पार्टी पनि सच्चिएर अगाडि बढ्नुपर्ने तर्क गर्छन् । जेन–जी सडकमा आउनुमा ओली सरकारको दोष रहेको गजुरेलको भनाइ छ ।



प्रतिक्रिया