काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य भएको बताएका छन् ।
शुक्रबार भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रम दाहालले यस्तो बताएका हुन् । सरकारले आलोचना दबाउन सरकारले यस्तो निर्णय लिएको प्रचण्डको आरोप छ ।
सरकारले बन्द गराएको भनिएको फेसबुकमा पूर्वप्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ ।’



प्रतिक्रिया