काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित भएको बताए । ‘आजसम्म सुझावहरु पठाउने डेडलाइन नै छ । ती सुझावहरुलाई मिलाउन समय लाग्ने भयो’, उनी भन्छन्।
एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा पछाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो ।



प्रतिक्रिया