प्रचण्डले राजनीति छाड्दा गर्ल्यामगुर्लुम्म हुने के हाे ? : रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति छाड्दा के हुन्छ भनी प्रश्न गरेका छन् ।

शनिबार (भदौ ७) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो प्रचण्ड लक्षित यस्तो प्रश्न गरेका हुन् ।

नेपालमा ‘कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गगर्ल्यामगुर्लुम झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिएको’ उनले उल्लेख गरे । उनले पृथ्वी नै बोकेको जस्तो के छ ? भन्ने प्रश्न गरे ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा प्रचण्डले आफूले छोड्दा सबै गर्ल्यामगुर्लुम ढल्ने हो कि जस्तो लाग्ने गरेको बताएका थिए ।

प्रतिक्रिया