काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक मित्र एवं निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताएका छन् ।
नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको शिष्टाचार भेटका क्रममा राष्ट्रपति पौडेलले भारतले गरेको प्रगतिबाट नेपाल लाभान्वित हुन चाहेको उल्लेख गरे ।
‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनले प्रेस सल्लाहकार किरण पोखरेलले भनेका छन् ।
नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको छ, हाम्रा दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।



प्रतिक्रिया