काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ८ प्रस्ताव पारित गरेको छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउने बाटो रोक्ने प्रयास पनि भइरहेको छ ।
एमालले केन्द्रीय कमिटीबाट पार्टीमा सक्रिए भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ ।
भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले यो सम्भव नहुने निष्कर्ष निकालेको छ ।
दैलेखमा मिथेन ग्याँस भण्डारण भएको पुष्टि भएको, श्रमिकहरूको ज्याला बढेको, राजावादीहरुको आन्दोलन असफल भएको, सहकारीमा भएको बेथेतिको सम्बोधन भइरहेकोले नागरिकमा आशा बढैको एमालेको निष्कर्ष निष्कर्ष छ ।
एमालेले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै सरकारलाई प्रभावकारी बनाउन गठबन्धनका दलहरुलाई आह्वान पनि गरेको छ ।



प्रतिक्रिया