नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघले विरोधका कार्यक्रम घोषणा गरेको हो ।

संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको छ ।

चिकित्सक संघले सरोकारवाला निकायहरूसँगको परामर्शपछि चरणबद्ध आन्दोलन गर्ने रणनीति बनाएको हो । संघले सोमबारको विभिन्न अस्पतालका प्रमुखसहित एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल, अफिन, नेपाल औषधी उत्पादक संघ, नेपाल नर्सिङ एसोसिएसन, चिकित्सक समाज लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरी चिकित्सकीय लापरबाहीसम्बन्धी उजुरी काउन्सिलमार्फत हेर्नुपर्ने निष्कर्ष निकालेको जनाएको छ ।

प्रतिक्रिया