६ घण्टाभित्र इरान इजरायल युद्ध रोकिने ट्रम्मको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीचको युद्ध रोकिने घोषणा गरेका छन् । उनले मंगलबार बिहान ट्रुथ सोसलमार्फत उनले दुई देशबीच जारी युद्ध ६ घण्टाभित्र पूर्ण युद्धविराम हुने घोषणा गरेका हुन्।

उनले पहिलो १२ घण्टा इरान र त्यसपछिको १२ घण्टामा इजरायलले अाक्रमण राेक्ने बताएका छन्। योसँगै १२ दिने युद्ध अन्त्य भएको दाबी उनको छ। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र दुवै देशका जनतालाई शान्तिको बधाई दिए। यद्यपि इरान र इजरायलले यसबारे आधिकारिक बयान दिएका छैनन्।

न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाले ट्रम्पको दाबीमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

घोषणाअघि इरानले कतारको अमेरिकी हवाई अड्डामा १९ मिसाइल प्रहार गरेको थियो। तर अग्रिम चेतावनीका कारण हताहत भएन। यो युद्ध जुन १३ मा इजरायलको आक्रमणबाट सुरु भएको थियो, जसमा इरानमा ६ सय ३९ र इजरायलमा २४ जनाको मृत्यु भएको जनाइएको छ।

तर विश्लेषकहरूले यसको दीर्घकालीन प्रभावमाथि प्रश्न उठाएका छन्। इरानको आणविक कार्यक्रम र क्षेत्रीय तनावका कारण यो सम्झौता अस्थायी मात्र हुन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार