चिनियाँ अर्बपति नेपालमा

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा नेपाल आएका छन् ।

उनी आफ्नै विमानस्थलमार्फत् उनी मंगलबार दिउँसो नेपाल आएका हुन् । उनी अलिबाबा समूहका संस्थापक पनि हुन् ।

उनी पटर्यक भिषामा नेपाल प्रवेश गरेको भुषालको भनाई छ । नेपाल रहँदा ज्याक माले विभिन्न उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ ।

चीनको एक गरिब परिवारमा जन्मेका ज्याक माले अंग्रेजी शिक्षकको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । त्यसअघि उनलाई ३० रोजगारदाताले अस्विकार गरेका थिए जसमध्ये एक केएफसी पनि थियो ।

कम्प्युटिङको कुनै पृष्ठभूमि नहुँदा समेत ज्याक माले दुई दशकअघि आफ्नै अपार्टमेन्टमा अलिबाबालाई जन्माए । यसका लागि ज्याक माले आफ्ना केही साथीहरुलाई आफ्नो अनलाइन मार्केटप्लेसमा लगानी गर्नका लागि मनाए ।

फोर्ब्सको सन् २०१७ को सूची अनुसार ज्याक मा चीनका तेस्रो धनी व्यक्ति बनेका थिए । सन् २०१४ मा अलिबाबाले संसारको सबैभन्दा ठूलो सार्वजनिक हिस्सेदारी मार्फत २५ अर्ब डलर जुटाएका थिए ।

प्रतिक्रिया