शपथ ग्रहण समारोह आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा सम्पन्न हुनेछ।
नेकपा एमालेकी सांसद विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई नियुक्त गरिएको हो।
वरिष्ठ राजनीतिज्ञ पन्तको यो नियुक्तिलाई हाल शिक्षा क्षेत्रमा चलिरहेको आन्दोलन तथा विवाद समाधानतर्फ सरकारको प्रयासको रूपमा हेरिएको छ।





प्रतिक्रिया