काठमाडौं । राजावादीले गरेको प्रदर्शनमा आगजनी, तोडफोड र लुटपाट भएको र त्यसमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका सांसद धवलशमशेर जबराका सम्बन्धमा प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । उनी फौजदारी अभियोगमा पक्राउ परेको जानकारी प्रहरीले सभामुखलाई गराएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सांसद जबरा पक्राउ परेको सूचनाका सम्बन्धमा सभामुख घिमिरेलाई पत्र पठाएको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘सांसद जबरा पक्राउ गरिएकाबारे प्रहरीले जानकारी अवगत गराएको छ । प्रहरीले लेखेको पत्र प्राप्त भएको छ ।’



प्रतिक्रिया